Fri. Jul 19th, 2024

पर्यटनमैत्री मुलुकमा नेपाल १०२ औं स्थानमा

himal dhading

काठमाडौ – पर्यटनमैत्री देशका रुपमा नेपालको स्थान कमजोर बनेको छ । विश्वभरका १४१ देशको पर्यटनको समग्र अवस्थाको विषयमा ‘वल्र्ड इकोनोमिक फोरम’ले गरेको एक अध्ययनमा नेपालले १०२ औं स्थान प्राप्त गरेको छ ।

राष्ट्रहरुसँग तुलना गर्दा पनि नेपालको स्थान नै कमजोर नै छ । अध्ययनबाट प्रप्त निश्कर्षलाई फोरमले ‘ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस इन्डेक्स २०१५’ प्रतिवेदन नाम दिएर सार्वजनिक गरेको  छ ।

अध्ययनअनुसार स्पेन सूचीको शीर्ष स्थानमा छ । फोरमले प्रत्येक दुई वर्षमा सार्वजनिक गर्ने यस सूचीमा स्पेनले पहिलोपटक प्रथमस्थान हासिल गरेको हो । स्पेनको पर्यटकीय पूर्वाधार, डिजिटल प्रणाली र सांस्कृतिक स्रोतलाई यसको प्रमुख कारणको रुपमा देखाइएको छ । अध्ययनको आधार बनाइएका अधिकांश सूचकहरुमा नेपालको अवस्था भने निकै कमजोर देखिएको छ ।

प्रतिवेदनको सूचीमा फ्रान्स दोस्रो, जर्मनी तेस्रो, अमेरिका चौथो, बेलायत पाँचौं, स्वीटजरल्याण्ड छैठौं, अष्ट्रेलिया सातौं, इटाली आठौं, जापान नवौं र क्यानडा दशौं स्थानमा परेका छन् । गोरखापत्रबाट

About The Author

Loading...

अन्य समाचारहरु: