Wed. Jun 12th, 2024

‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज (भिडियोसहित)

काठमाडौं- अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: