
काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अहिले देशभरकै मौसम सामान्यदेखि आशिंकरुपमा बदली रहेको छ ।
आज दिउँसो पनि काठमाण्डौ उपत्यकासहित कोशी, वाग्मती र गण्डकीमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ, कोशी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
उच्च पहाडी तथा हिमाली थोरै ठाउँहरुमा हल्का हिमपातको पनि सम्भावना छ ।
Loading...