Sat. Jul 19th, 2025

नेपाली चलचित्र ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुँदै

काठमाडौ- किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।

निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यसैबिच, छायांकन अगाडि फिल्मको ओभरसिज राइट्स विक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरुको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो ।

About The Author

अन्य समाचारहरु: