
धादिङ- गजुरी गाउँपालिकाको गतिविधि विरुद्ध राजनीतिक दलहरुले ध्यानाकर्षण गराएका छन् ।
गजुरीका तीन दलले पालिका अध्यक्षलाई ध्यानाकषर्ण पत्र बुझाएको छ । आज
नेकपा एमाले गजुरी गाउँपालिका कमिटी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामुहिक रुपमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
वर्षमा १५ करोड भन्दा माथिको ठेक्का लाग्नुपर्ने ढुङगा बालुवाको ठेक्कालाई विभिन्न बहानामा ३ करोडमा झारी ठेक्का लगाएको विषयमा स्पस्ट जवाफ दिनुपर्ने र अहिले भएर भरको बगर तथा खोला खोल्सीमा डेजर प्रयोग गरी उत्खनन् गर्ने कार्य बन्द गर्नुपर्नेलगायत १० बुँदे माग सहित ध्यानाकषर्ण पत्र बुझाएको हो ।
२०७९ मंसिरमा भएको निर्वाचनको सम्मुखमा पालिकाले विपदको नामबाट गरेको रकमको खर्च र भुक्तानी सार्वजनिक गर्न पनि ध्यानाकर्षण मार्फत माग गरेका छन् । ‘सार्वजनिक सडक मर्मत तथा सम्भारको नाउँमा भएको खर्च भुक्तानी गरियोस्, सहकारीको माध्यामबाट कृषकहरुलाई दिईने मलखादको व्यवस्थामा पालिकाको अनावश्यक हस्तक्षेप बन्द गरि आवश्यकता अनुसार मलखादको व्यवस्थापन गर्नुपर्ने र पालिकाभित्र हुने सबै विकास निर्माण तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई मार्फत् खर्च एवम् प्रगतिको जानकारी गराईयोस्’, ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
यस अघि प्रकाशित हेडलाईनमा मनोमानी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । स.