Fri. Mar 29th, 2024

खनियाबास गाउँपालिकाले जित्यो प्रथम सेक्के कप अन्तरपालिका भलिबलको उपाधी

धादिङ- प्रथम राम बहादुर तामाङ(सेक्के)स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधी धादिङको खनियाबास गाउँपालिकाले जितेको छ ।

खनियाबास गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा रूबीभ्याली गाउँपालिकाले दोश्रो र सिद्दलेक गाउँपालिकाले तेस्रो उपाधी हात पारेको छ ।

नकआउट आधारमा भएको प्रतियोगितामा प्रथम हुने टीमलाई एक लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोश्रो हुनेलाई नगद ७५ हजार र तेस्रो हुनेलाई नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा धादिङको सात टीम र नुवाकोटको दुई टीम गरि नौं टीम सहभागी थिए ।

शोषण दमनको विरोधी आन्दोलनका अभियानकार रामबहादुर तामाङ (सेक्के)को सम्झनामा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । चैत २७ गतेबाट खनियाबास गाउँपालिका वडा नम्बर ५ को सत्यदेवीमा भएको प्रतियोगिताको बुधबार समापन गरिएको छ । समापनमा बोल्दै खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले सेक्केको सम्मानको लागि आगामी वर्षहरुमा पनि विभिन्न आयोजनाहरु गरिने बताए । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ र वडा अध्यक्षहरु उपस्थित थिए ।

को हुन् सेक्के ?
खनियाबासमा २०१६ सालमा ठूलो विद्रोह मच्चियो। करीब डेढ वर्ष चलेको विद्रोहमा स्थानीय तामाङहरू त्यहाँका धनी वर्ग मानिएका क्षेत्री–बाहुनको शोषणविरुद्ध उत्रिएका थिए। यसले बीपी कोइराला नेतृत्वको तत्कालीन सरकार नै हल्लिएको थियो।

शोषण दमनको विरोधी आन्दोलनका अभियानकार हुन् । पश्चिम १ नम्बरकाे क्रान्तिकाे नेतृत्व गरेका
दामन पाख्रिनका राजनैतिक गुरु थिए । २०१७ सालमा दामनसंगै सात वर्ष जेल परेपछि कांग्रेसको राजनीतिमा लागेका थिए ।

पश्चिम १ नम्बर भन्नाले तत्कालीन रसुवा, नुवाकोट र धादिङ जिल्ला पर्दथ्यो । खनियाबासबासीले सेक्केलाई मसिहा, मुक्तिदाताको रुपमा मान्छन्  । २०५६ सालमा उनको निधन भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: