Fri. Mar 29th, 2024

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

काठमाण्डौँ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिर्ने भएको हो।

सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो। उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मुल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अनुसार सरकारले १२ करोड ऋण तिर्ने निर्णय गरेको बताईएको छ ।

साढे १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउने जनाईएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: