गोमा थापा
नानी हजुरलाई पनि यहि बेला समाचार हेर्नु पर्ने ।यहाँ जिटिभीबाट क्या राम्रो सिरियल आइरा”छ ।
भाउजू मेरो समाचार हेर्ने इच्छालाई पन्छाउन खोज्दै हुनुुहुन्थ्यो । म भने च्यानल चेन्ज नगरिकन हेरि रहे ।
भाउजू फेरि दोहो¥याउनु हुन्छ । हेनुस् नानी केटी भएर केटी जस्तो हुन सिक्नुस् ।
उम् ⁄ भाउजू के म केटा जस्तै देखिन्छु र ।
मैले त्यस्तो भन्न खोजेको होइन ।
अनि ⁄ के त भाउजू ।
अरु महिनामा जे भए पनि यो साउन महिना भर कुर्ता सुरुवाल चुरा लगाउनुस् ।
म हांसे मात्रै ।
हेनुस्, हरेक कुरालाई हाँसोमा टार्न नखोज्नुस् नानी, अलिकति धर्मकर्मलाई समय दिदा हजुरलाई के हुन्छ भन्नुस् त ?
भाउजू पनि , किन यस्तो चिन्ता गर्नुहुन्छ मेरो । मैले हातमा मेहन्दी नलगाउदैमा सोमबारको वर्त नबस्दैमा के, मैले राम्रो वर नै नपाउने भन्ने हुन्छ होला त ?
अलिकति ठट्याउली पारमै भने, उसो भए हाम्रो दाई पनि हजुरको लागि शिवकै गिफ्ट हो भन्ने लाग्छ भाउजू हजुरलाई ।
त्यतिसम्म त लाग्दैन तर पनि नानी धर्मकर्म तिर पनि हल्का भएपनि मन लगाउनु पर्छ । मत सानै देखि शिवको भक्त हुँ । साउन महिना सधैं प्रिय लाग्छ । पहिला त लसुन प्याज, माछामासु केहि खान्न थिए । अहिले त हजुरको दाईले यतिसम्म बार्न दिनुभएन र मात्रै हो ।
भाउजूको मैले पनि साउन महिनालाई हरियो पहेंलो भएर बिताओस् भन्ने चाहाना राख्नुलाई कुनै अनौठो मानिन । भन्ने उहाँकोे कर्तव्य हो भन्नु भयो भनेर टारे । हामी प्रायः आफ्ना वरिपरिका मानिस जस्तै हुन्छौं । हामी त्यस्तै काम गर्दछौं , त्यस्तै भाषा बोल्दछौं, जस्तो वरपरकाले गर्दछन् । तर, मैले भाउजूले भन्नु भएको र गर्नु भएको जस्तो गरिन । मलाई धर्म र भाग्य प्रति त्यति विश्वास छैन । त्यसैले पनि होला यस साउन महिनामा मेहेन्दी हरियो चुरा लागाउंदैमा राम्रो वर मिल्छ, पतिको आयू बढ्छ भन्नेमा म रत्तिभर विश्वास गर्दिन ।
त्यसो त मलाई मन्दिर नै जान मन नपर्नै भने होइन । समय, परिस्थिति र साथी सङ्गी मिल्यो भने मन्दिर पनि गई हाल्छु । तर, भगवान्ले केहि मागेको दिन्छन् भनेर चाहिं होइन । आजसम्म पुगेका मन्दिरहरुमा मैले केहि मागेको पनि छैन । र, मैले पाएका हर कुराहरु भगवान्ले दिएका हुन् भन्ने पनि लाग्दैन । यदि भगवान्ले मागेको कुरा दिन्थे भने त मलाई छोरी होइन छोरा भएर नै जन्म गराउथें होला । किनकी, मेरो मम्मीले म गर्भमा हुँदा सधैं भगवान्सँग छोराको नै चाह राख्नु भएको थियो रे । उहाँले पनि त पूजा पाठ गर्नुृ भएकै थियो तर, किन म छोरी भएर जन्मिए त ⁄ हुन त , यो पङ्क्तिकारले आज छोरी भएर जन्मिएकोमा कुनै गुनासो गर्न खोजेको होइन । कुनै धर्म मान्नु भनेको अनुशाशित हुनु हो भन्ने मात्र लाग्छ ।
साउन मलाई मनै नपर्ने महिना भने होइन । विशेषतः मलाई वर्षात् समय धेरै नै मन पर्छ । पानी परेको दिनको वर्णन गर्न मसँग सधैं शब्दहरु कै अभाव हुन्छ । त्यति सम्म रोमाञ्चित हुन्छु यो वर्षात् सँग । तर, थाहा छैन यो वर्षात्सँग मेरो कुन सम्बन्घ गाँसिन पुगेको छ । पानीका छालहरुसँग त झन् निकै इर्षा लाग्छ । कहिल्यै ति छालहरुलाई हेरेर थाक्दिन ।
अरु दिन भन्दा आज सोमबार महिलाहरुलाई कुर्ता सुरुवाल, धोती र सारीमा धेरै देख्न पाइन्छ । हातमा थाली बोकेर मन्दिर जाँदै गरेका र कोही फर्कदै गरेका दृश्य देख्न पाउँदा मन प्रफुलित हुन्छ । हेर्न मन रमाए पनि मलाई आफू त्यसरी सजिन भने पटक्कै मन लागेन । भाउजूले भन्नु भए जस्तो केटी भएर केटी हुन नसकेको भन्ने पनि लाग्दैन । यति धेरै दिदी बहिनी शिवको वर्त बस्छन् । मन्दिर पुग्छन् । आ–आफ्नो मनको कुरा माग्छन् । विचरा ⁄ शिवजीले क–कस्को कुरा सुनुन् । क–कस्को इच्छा पूरा गर्लान् त ? गायिका सुनिता दुलालले त गितमै भनेकी छिन्– सबै दिदी बहिनीको इच्छा पुर्याइ देऊ, तिनलाई भन्दा तर मलाई राम्रो जुराईदेऊ…। कतिले निराहर वर्त बसेर नामै लिएर यो केटा मिलाई देउ भनेका होलान् । कतिले राम्रो खोजी देउ भनेका होलान् । अनि, गायिका दुलालले गितमा भने झैं कतिले शिवजी मलाई फलानोको भन्दा राम्रो मिलाइ देउ सम्म भनेका होलान् । त्यो भन्दा धेरैले आफ्नो श्रीमान्को दिर्घायु मागे होलान् ।
विचरा तिमी क–कस्को वेदना सुन्छौं । अनि कोबाट शुरु गछौं । के साँच्चै राम्रो वर पाउन शिवजी तिम्लाई पुज्नै पर्छ त ? म हेर्छु यो सोमबारको वर्त नबसेनी मेरो हुनेवाला कस्ता हुनेछन् । शिवजीको वर्त नलिएकै कारणले नराम्रो भागमा पर्ने हुन्छ भन्ने हुँदैन होला त । यदि शिव जी को वर्त नलिएकै ले बेसोमति र बेकुप परे छ भने म तिम्रो पछि भक्त बनेरै मेरो पतिदेवको बानी सुधार्न भनुँला । तर, शिवजी अहिले देखि नै तिम्रो पाउ परेर तिमीसँग राम्रो वर देउ भनेर म तिमीलाई थप बोज थुपार्न चाहान्न । विचरा ⁄ शिवजी तिमीले त धेरैको जोडी मिलाउनु छ धेरैलाई दिर्घायू बनाउनु छ । बरु छिटो सबैको मनको कुरा सुनिदेउ । मत भाग्यलाई पर राखेर कर्ममा विश्वास गर्ने मान्छे ।
लेखक थापा प्रेस युनियन धादिङकी सचिव हुन् ।