Wed. Jul 24th, 2024

आईपीएल क्रिकेट: कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थान

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले काेलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ ।

काेलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा चेन्नईले शानदार ब्याटिङ गर्‍यो । चेन्नईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको काेलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ८६ रन बनाउन सक्यो ।

काेलकाताका लागि जसन रोय र रिंकु सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काेलकाता आठौँ स्थानमा छ । यसअघि भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई ७ रनले हराएको थियो । 

About The Author

Loading...

अन्य समाचारहरु: