Fri. Mar 29th, 2024

सुडानमा रहेका १३ जना नेपाली नेपाल आइपुगे

काठमाण्डाै – सुडानकाे कायराेमा रहेकाे नेपाली राजदूतावासको सम्पर्कमा आएका १३ जना नेपाली नेपाल आइपुगेका छन् ।

दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्याइएका १९ जनामा १३ जना हिजाे नेपाल आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबईमा रहेकाे शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ । 

अन्य १२ जना मध्ये नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा हिजाे पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदाबादका लागि प्रस्थान गरेका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सिमाना नजिक सुरक्षित रहेका छन् । तीनै जना नेपाली नागरिक कायरोमा रहेकाे नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: