Fri. Mar 29th, 2024

डेढ महिनापछि एसएलसीमा ४४१ विद्याथी उत्तीर्ण

slc-exam

काठमाडौँ – ०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण देखिएका साढे चार सय विद्यार्थी परीक्षाफल प्रकाशित भएको डेढ महिनापछि उत्तीर्ण पाइएका छन् । परीक्षा नियन्त्रण कार्यालयको त्रुटिका कारण परीक्षाफल प्रकाशित हुँदा उनीहरू उत्तीर्ण सूचीमा थिएनन् । नतिजा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएपछि चार सय ४१ विद्यार्थी उत्तीर्ण पाइएका हुन् ।

नतिजा चित्त नबुझेर १३ हजार सात सय सातजनाले पुनर्योगका लागि निवेदन दिएकोमा एक हजार चार सय ९५ विद्यार्थीको नतिजा परिवर्तन भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तीमध्ये पहिले अनुत्तीर्ण भनिएका चार सय ४१ जना उत्तीर्ण पाइए भने प्राप्तांक चित्त नबुझेर पुनर्योगको आवेदन दिएकामध्ये एक हजार ५० जनाको प्राप्तांकसमेत परिवर्तन भएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ‘पुनर्योगबाट पहिले अनुत्तीर्ण भएका चार सय ४१ परीक्षार्थी उत्तीर्ण भएका छन् भने उत्तीर्ण भएकाहरूको पनि नतिजा परिवर्तन भएको छ ।’ द्वारेले पुनर्योगको नतिजा आएपछि एक्ज्याम्टेडमा परेका कतिपय विद्यार्थीले मौका परीक्षासमेत दिन पाउने भएको बताए । पुनर्योगबाट केही विषयमा उत्तीर्ण भई मौकामा परेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन जिल्ला शिक्षा अधिकारीहरूसँग कुराकानी गरेको उनले जानकारी दिए ।

परीक्षामा राम्रो नम्बर ल्याएर उत्तीर्ण भएका र अनुत्तीर्ण भएका दुवैथरी विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । नियन्त्रक द्वारेका अनुसार ८७–८८ प्रतिशत अंक ल्याएर पास भएका विद्यार्थीले पनि नतिजामा चित नबुझाएर पुनर्योगका लागि निवेदन दिएका थिए । अघिल्लो वर्ष १७ हजारको हाराहारीमा पुनर्योगको आवेदन आएको थियो । यस वर्ष भने १४ हजारमा सीमित भएको छ । सुरुको नतिजामा अनुत्तीर्ण भएर पुनर्योगबाट उत्तीर्ण हुनेको संख्या कम हुने गरेको छ । नयाँ पत्रिका

About The Author

Loading...

अन्य समाचारहरु: