Thu. Mar 28th, 2024

यूनिटेक हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्ने

काठमाडौ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.३६,६७,००,००० रकम बराबरको ३६,६७,००० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचामा रहेको ५।८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: