Fri. Mar 29th, 2024

पूर्वमन्त्री टोपबहादुरलाई हिरासतमा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो ।

रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणलगायत १३ जना पक्राउ परिसकेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: