Fri. Apr 19th, 2024

पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा सुरु

काठमाडौं- पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा सुरु भएको छ। २६ नम्बर रुट बन्द भएको लामो समयपछि साझा यातायातले विद्युतीय बस सेवा सुरु गरेको हो।

साझा यातायातले भित्राएका ४० वटा बस मध्ये पहिलो चरणमा ३ वटा उक्त रुटमा चल्ने भएका छन्। अबको २ हप्ताभित्र १५ वटा बस सञ्चालनमा आउने जनाएको छ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले विहान ५ देखि राति ९ बजेसम्म नियमित बस सञ्चालन गर्न आग्रह गरेका छन्।

उनले पाटन ढोकाबाट पुरानो रुट बन्द भएकोमा धेरै स्थानीयबाट गुनासो आइरहेकोमा अब समाधान भएको भएको बताए।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले ललितपुर, काठमाडौं र गोकर्णेश्वर तीनवटा सहर जोड्न सहयोग पुग्ने बताए। सरकारले ३ अर्ब रुपैयाँ सेयरमा लगानी गरेकाले विद्युतीय बस खरिद गर्न सफल भएको बताए। थप ७०–८० वटा विद्युतीय बस ल्याउनकोलागि अध्ययन भैरहेको जानकारी दिए।

About The Author

Loading...

अन्य समाचारहरु: