
धादिङ– जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका धादिङको खनियाँबास गाउँपालिकाका-१ झार्लाङका कृष्ण बहादुर तामाङलाई उपचारको लागि काठमाडौं लगिएको छ ।
घर नजिकै जंगलमा पशुवस्तुलाई घाँस काट्न जाँदा लडेर गम्भीर घाइते भएका तामाङलाई मंगलबार हेलिकप्टरबाट काठमाडौं लगिएको हो । भीरबाट लडेर घाइते बनेका तामाङको गोठालाहरुले उद्धार गरेको स्थानीय एलिया लोप्चन तामाङले बताए ।
टाउको, दुवै हात, खुट्टा, शरिरका विभिन्न भागहरुमा चोट लागेको छ । विरामीको अवस्था गम्भिर भएकोले हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौ लगिएको स्थानीयले जानकारी दिएका छन् । सडकमार्गबाट लैजादा समय बढी लाग्ने भएकोले हेली प्रयोग गरिएको हो ।