Thu. Mar 28th, 2024

शरणार्थी प्रकरणमा मुछिएका कर्मचारीलाई समेत कार्बाहि गर्न माग

धादिङ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कार्वाहि गर्न राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च धादिङले सरकारसँग माग गरेको छ ।

देशव्यापी कार्यक्रम अन्तरगत मञ्चले बिहिबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई तेस्रो मुलुक पठाउने काममा सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पूर्व मन्त्रीहरुलगायत संलग्न भएको भन्ने समाचार प्रति मानव अधिकार एलाइन्सको ध्यानाकर्षण गराएको छ ।

सरकारका केहि उच्च पदस्थ कर्मचारीहरु, केहि मन्त्रिहरु र उनका नातागोताका व्यक्तिहरु समेत संलग्न भई गलत ढंगले नागरिकहरुलाई अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरुको दूरुपयोग हो ।

‘नीति निर्माता र राज्य संचालकहरु नै मानव तस्करीको अपराधिक गतिविधिमा संलग्न हुनुभनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनितिक दलहरु र कानुनी शासनप्रति अविश्वास सृजना गर्ने मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय हो । यस्ता अपराधिक घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथि कडा कार्बाहि गरिनुपर्छ’, विज्ञप्तीमा उल्लेख छ ।

आम जनसमुदायमा राज्य व्यवस्था,राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलहरुप्रति विश्वास र भरोसा सृजना गर्नको लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरुको निष्पक्ष र पारदर्शी ढंगले छानबिन गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनैपनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानवअधिकार एलाइन्सले विज्ञप्ती मार्फत माग गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: