Fri. Jul 18th, 2025

मलेसियासँग टी–२० खेल्ने नेपाली महिला टोली घोषणा

काठमाडौं । यही मे २९ देखि जुन ४ सम्म मलेसियासँग हुने पाँच खेलको टी२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले बउहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ जनाको अन्तिम टोली घोषणा गरेको हो। जसमा तीन नयाँ अनुहार सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका हुन् । नेपालको प्रशिक्षकमा सामसन जङ थापा छन् ।

नेपाली महिला क्रिकेट टिमले झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । कप्तान रुबिनाले तीन महिनापछि मलेसियामै हुने टी२० विश्वकप छनोटका लागि मलेसियासँगको शृंखलाले सहयोग गर्ने बताइन् ।

यस्तै पछिल्लो समय पुरुष टोलीले पाएको सफलताबाट मोटिभेट भएको र महिला टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताइन् ।

About The Author

अन्य समाचारहरु: