Mon. Oct 2nd, 2023

देउराली मावीबाट एसईई दिएका विद्यार्थीको विदाई

धादिङ– धादिङको नीलकण्ठ नगपालिका–८ ससाहको देउराली माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई उच्च शिक्षा सफलताको शुभकामना सहित विद्यालयबाट बिदाई गरेको छ ।

शुक्रबार विद्यार्थीहरुकै आयोजनामा भएको बिदाई तथा फेरी भेटौला कार्यक्रममा विदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
देउराली माविमा हुने अध्ययन पुरा गरेर थप अध्ययनको लागि अन्यत्र विद्यालय जान लागेकी रिता तामाङले विद्यालय जीवनमा हासिल गरेको अनुभव सुनाएकी थिईन् ।

कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुतीहरु देखाएका थिए । विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सृष्टि बरामको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कोईरालाको प्रमुख अतिथी थिए ।

विद्यार्थीहरुकै आग्रहलाई स्वीकार गर्दै विद्यार्थीहरुकै आयोजनामा कार्यक्रम सम्पन्न गरिएको प्रधानाध्यापक खिल बहादुर धमलाले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: