Fri. Mar 29th, 2024

गैसस धादिङले पठायो अर्थ मन्त्रालयमा ध्यानाकर्णपत्र

धादिङ– गैर सरकारी संस्था महासंघ धादिङले जिल्ला प्रशासन कार्यलय धादिङमा ज्ञापनपत्र बुझाएको छ ।

मुनाफारहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटको समस्या समाधान गर्न माग गर्दै गैसस महासंघको देशव्यापी कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएको हो ।

नाफा नकमाउने र नबाँड्ने सामाजिक संस्थाहरु आयकर ऐन २०५८ को दफा २ (ध) ले यस्ता संस्थाहरुलाई कर छुट हुने संस्थाको रुपमा परिभाषित गरेको र २०५९ को नियम २७ बमोजिम कर छुट प्रमाणपत्र समेत लिदै आएको ज्ञापन पत्रमा उल्लेख छ ।

समाज कल्याण परिषदमा आवद्ध भई गैर नाफामुलक ढंगबाट संचालन भइरहेका सामाजिक सस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग र अनुदानमा आन्तरिक राजस्व कार्यालयहरुबाट भ्याट लगाउने र मौजदातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचारप्रति ध्यानाकर्षण गराएको छ ।

नागरिक संघ संगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघ संस्थालाई बन्द गर्न खोजेको आरोप लगाएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: