
धादिङ– नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा सन्ताेषराज श्रेष्ठ चयन भएका छन् । बिहीवार सल्यानटारमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्ष खुल्लामा सन्तोष अधिकारी, उपाध्यक्ष समावेसीमा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, काेषाध्यक्षमा सितल सापकाेटालाई चयन गरेकाे छ ।
यस्तै सदस्य सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषाेत्तम ढुङ्गाना, अनिल आचार्य चयन भएका छन् ।