Fri. Jul 19th, 2024

साउनभित्रै संविधान : मन्त्री आचार्य

mahesh acharya
धादिङ – नेपाल सरकारका वन मन्त्री महेश आचार्यले साउन महिनाभित्र सीमांकन सहितको संविधान जारी हुने बताएका छन् ।

नेपाल पैदावर उद्योग व्यवसायी महासंघ धादिङले बेनिघाट विशालटारमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै वन मन्त्री महेश आचार्यले संविधान निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र सीमांकनको विषय पनि सहमती गरेर साउन महिनामा नै संविधान जारी हुने बताए ।

काँग्रेस एमाले लगायतका दल सीमांकनका विषयमा प्रष्ट भएकाले सीमांकनमा अन्य दल पनि सहमती आउने मन्त्री आचार्यले बताए । मन्त्री आचार्यले सबै जात, धर्म र समुदायको सम्मान हुने गरी संविधान आउने बताउनु भयो । अव बन्ने केन्दिय, प्रदेश र स्थानीय सरकारमा सबैको प्रनिनिधत्व हुने गरी संविधान आउन लागेकाले संविधानमाथि कसैले पनि शंका नगर्न आग्रह गरे ।

मन्त्री आचार्यले वनपैदावरको संरक्षणको संरक्षणको दायित्व हामी सबैको भएको बताउँदै प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय बासिन्दा लागि पर्नु पर्ने बताए । मानिसलाई आवश्यक पर्दा जंगलका पुराना रुख काट्दा नयाँ रुख अनिवार्य रोपिनुपर्ने आचार्यले बताए । भुकम्पका कारण काठ दाउराको माग बढेको प्रति लक्षित गर्दै आवश्यकता पनि पुरा गर्न र जंगलको संरक्षणमा पनि ध्यान दिन मन्त्री आचार्यले आग्रह गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: