Sun. Jul 21st, 2024

सदस्यतामा नअल्झिएको यात्रा

रमेश अधिकारी
माफ गर्नुस् पाठक वृन्द, आज मपाईं महिमा लेख्दैछु । २०५६÷११÷४ मा जिल्ला प्रशासन कार्यालय धादिङले मलाई धादिङ आवाज साप्ताहिकको जिम्मेवारीमा पत्रपत्रिका प्रकाशन गर्ने अस्थायी प्रमाणपत्र प्रदान गर्यो, हामीले धादिङ आवाज साप्ताहिक १०/१५ आकारमा, ६ पृष्ठको, ३०० संख्यामा सरस्वती छापाखानाबाट प्रकाशन गर्न शुरुवात गर्यौ, अहिले दामोदर अर्यालले दैनिक रुपमा प्रकाशन गरीरहनु भएको छ ।

२०६६ वैशाख ६ गते धादिङ आवाज साप्ताहिकले १० वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थापक सम्पादकको हैसियतमा योगदान पु¥याउनु भएको भनेर मलाई सम्मान गरियो । २०६७ असोज १० गते नेपाली छापा माध्यम राष्ट्रिय सन्जालको प्रथम अधिवेशनमा छापा पत्रकारिताको ब्यवसायिक विकासका लागि उल्लेखनीय योगदान पु¥याउनु भएको भनेर सम्मान गरियो । २०६५ पौष १८ गते मंगल प्रभातकिरण साप्ताहिकले एक सय अंक प्रकाशन गरेको उपलक्ष्यमा स्थापनाकालदेखि सल्लाहकार र स्तम्भकारका रुपमा सम्मान गर्यो । २०६९ पौष १० गते प्रत्यूष साप्ताहिकले प्रकाशनको एक वर्ष पूरा भएको उपलक्ष्यमा संस्थापक सम्पादकको हैसियतले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन भन्दै सम्मान गरेको छ, उक्त पत्रिका बद्रीअधिकारीले दैनिक रुपमा प्रकाशन गरीरहनु भएको छ । २०६२ देखि अनवरत रेडियो धादिङ र केही समय अघिदेखि पाविलन्युज डट कममा स्तम्भकारको रुपमा कृयाशील छु ।

यी सबै कामहरु शिक्षण पेशामा रहँदै सम्पादन गरेको हुँ । यो अवधिमा म पत्रकार महासंघको सदस्य थिइन । २०७२ मा पत्रकार महासंघको सदस्यता लिनु र शिक्षण पेशा छाड्नु करीब एकै समय जस्तो भयो । म हाल एउटा गैह्र सरकारी संस्थामा काम गर्छु । यति वेला शुद्धिकरणको नाममा पत्रकार महासंघले मेरो सदस्यता खारेज गरेको छ, विनाकुनै असन्तोष मैले त्यसलाई सहजै स्वीकार गरेको छु ।

पत्रकारको हक, हीत र अधिकारको लडाईंमा म कम सामेल छु, त्यसैले पनि मैले आफ्नो अधिकारको बारेमा औंलो उठाउन मन गरिन । यत्ति हो कि इतिहासमा कम उल्लेख्य भूमिका भएका र वर्तमानमा मेरो जस्तै अन्यत्र संवद्धता भएका नामहरु पढ्दै जाँदा काउकुती भने लाग्दो रहेछ ।

हाम्रा मिडिया हाउसहरुले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम जिविका चल्न सक्ने गरी तलब सुविधा दिएका छन् ? पत्रकारितामा रुची, क्षमता र उत्साह भएकाहरु यसै पेशाबाट मात्र बाँच्न सकेका छन् ? अहिले महासंघको सकारात्मक नजर परेका पात्रहरुको दैनिकी पत्रकारिता मात्रले चलेको छ ? शुद्धिकरणको सीमाभित्र उनीहरुको राजनीतिक असंलग्नता छ त ? यी प्रश्नहरु केवल प्रश्नका लागि मात्र हुन सक्लान्, मैले स्पष्टीकरणको अपेक्षा गरेको पनि छैन ।

ब्यक्तिगत रुपमा पत्रकारिता मेरो लहड, रुची र एक प्रकारले संवेग हो, ब्यवसायिक बन्न र बनाउन सकिन, ढोंङी पनि किन बन्नु र ? यसबाट पद प्रतिष्ठाको आशा, महासंघको नेतृत्व मैले कहिल्यै अपेक्षा गरेको विषय पनि होइन । त्यसैले महासंघको सदस्यता पाउनु र गुमाउनु दुवै स्थिति हर्ष न विष्मात हो मेरा लागि । म आजीवन यसैमा लागि रहन्छु र लेखीरहन्छु । २४ वर्ष भएछ, अझै यसमै रमाउन मन छ । सदस्यताको झ्याङ्लोले मलाई यो कर्ममा कतै विथोल्छ र अध्यक्ष ज्यू ?

About The Author

Loading...