Sat. Jun 14th, 2025

चट्याङ लागेर दुई जनाको मृत्यु

बागलुङ- बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका(५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: