काठमाडौं – चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोली घोषणा गरिएको छ।
नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सबिन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडू, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ छनोट भएका हुन्। वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए।
नेपालले एसियाडको रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड आगामी असोज ६ गते शुरु हुँदैछ।