Wed. May 21st, 2025

धादिङमा ६ महिनामा मानवअधिारका उल्लंघनका ३३ घटना !

धादिङ– अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ११ गते धादिङबेसीमा सम्पन्न गरेको छ ।

मानव अधिकार वर्ष पुस्तकमा समेटिने ३३ घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले घटनाहरुबारे प्रस्तुती गरिएको थियो ।
सन् २०२३ जनवरी देखि जुनसम्मको ६ महिनाको अवधीमा ३३ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका  घटनाहरु अभिलेख भएको अभिलेखमा उल्लेख छ ।

हत्याका ३, कुटपिटका २, गाउँसभा झडपकाो १, बालक कुटपिटका १, बाल बलात्कारका ८, बालयौन दुरव्यवहार, तथा बालबलात्कार प्रयासका ४, महिला बलात्कारका ३, महिला बलात्कार प्रयासका ६, मानव बेचविखनका २, कथित बोक्सीआरोपका १, बहुविवाहको १, आत्महत्या दुरुत्साहनको १ घटना इन्सेकले अभिलेख गरेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले मानव अधिकार स्थान अनुसार र परिवेश अनुसार उपभोग गर्दा फरक फरक विषयलाई मानव अधिकारका रुपले व्यखा गर्ने गरिएको बताए ।
मानवअधिकारलाई स्थानीय रुपमा फरक किसिमले बुझ्नु पर्ने उहाँको धारणा थियो । इन्सेकले अभियलेख गरेको घटनालाई इतिहासको रुपमा रहेकोले धन्यवाद दिए ।

धादिङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष विश्वराज अधिकारीले आत्महत्या दुरुत्साहन मुद्दा मनपरी रुपमा आएको र कानूनीरुपमा भएको व्यवस्थाको दुरुपयोग भएकोले सबै आत्महत्या दुरुत्साहनलाई गम्भीररुपमा लिन नसकिने बताए ।
महिला मानव अधिकाररक्षकहरुको राष्ट्रिय संजाल बागमति प्रदेशका अध्यक्ष गायत्री खतिवडाले विपदको समयमा तत्काल राहत उद्धार गर्नुपर्ने स्थानीय सरकारले विस्थापित भएर बसेको धेरैसमय भइसक्दा पनि त्रिपाल समेत नदिएर स्थानीय सरकारले मानव अधिकार विरोधी काम गरेको बताइन् ।

नेपाल मानव अधिकार संगठनका  धादिङका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारी, विष्णुकुमार श्रेष्ठ, खिल गीरी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, दलित अधिकारकर्मी बेगबहादुर सुनार, अपांगता अधिकारकर्मी राजु रेग्मी, धादिङ अस्पतालका कृष्णलाल उप्रेती, लगायतले मानव अधिकार व्यक्तिको अधिकार भएकोले राज्यले ंरक्षण र सुरक्षाको जिम्मा लिनुपर्ने बताए । कार्यक्रममा जिल्लामा कृयाशिल मानवअधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागिता थियो ।

About The Author

अन्य समाचारहरु: