Thu. Jul 18th, 2024

जीवनको कथा

दिनेश कडेल-

dinesh kadel

रोमियो , मज्नु र मदनको कथा
भुल्या छैन आफ्नै जीवनको कथा

नोबेल पुरुस्कार पाउन सक्छ सायद
सुनाएमा भने मैले बालपनको कथा

कि संविधान च्यातिन्छ कि युद्ध मचिन्छ
उठेमा महिलाप्रति दमनको कथा

तिमी सुध्रिन्छौ भने बुद्धलाई हेर
अनि पढ र सिक अनुसाशनको कथा

About The Author

Loading...

अन्य समाचारहरु: