Mon. Dec 4th, 2023

बाढी–पहिरोबाट यो वर्ष नेपालमा २४ जनाको मृत्यु

धादिङ– मनसुन सुरू भएयता बाढी–पहिरोबाट यो वर्ष नेपालमा २४ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।  

पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन्। मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेको
गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ । पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ।

बाढीबाट ९ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ। बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ।

About The Author

Loading...

अन्य समाचारहरु: