Fri. Dec 1st, 2023

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ ले ल्याए ‘ए प्लस’

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको आधारमा नतिजा सार्वजनिक गरिएको हो।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ‘ए प्लस’ जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए।

जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए।

२०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिने अभ्यास छ।

About The Author

Loading...

अन्य समाचारहरु: