Mon. Dec 4th, 2023

जलवायु परिवर्तन सचेतना सम्बन्धी धादिङबेसीमा अन्तरक्रिया

धादिङ– डिभिजन वन कार्यालय धादिङले जलवायु परिवर्तन सचेतना सम्बन्धी पत्रकार र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ ।

बढ्दो जलवायु संकटलाई न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि बढाउने र बढ्दो जलवायू संकटको विषयमा सञ्चारकर्मीहरु र सरोकारवालाहरुको ज्ञानलाई पुनर्ताजगी तथा संकटका नयाँ आयामहरुका विषयमा जानकारी गराउने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले नेपालमा जलवायु परिवर्तन, जलवायू परिवर्तनका कारणहरु, असर तथा न्यूनिकरणका प्रयासहरु, रेड र रेडप्लसला अवधारण लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराए । अहिले भईरहेको औधागिक विकासको गतिलाई रोक्न सके मात्रै जलवायु परिर्वतनको असरलाई केहि हदसम्म न्यूनिकरण गर्न सकिने डिभिजन कार्यालय धादिङका वन अधिकृत अजय विक्रम मानन्धरले बताए ।
औधोगिक विकास तिव्र रुपमा बढिरहेकै कारण पृथ्वीको वायुमण्डलको तापक्रममा वृद्धि भईरहेको उनको भनाई थियो । पेट्रोलियम पदार्थ तथा कोईला जस्ता ईन्धनको खपतमा कम गरि बायो ग्याँस, सौर्य उर्जा, जलविद्युतिय उर्जाको प्रयोगमा वृद्धि गर्न सके जलवायू परिवर्तनको असरलाई कम गर्न सकिने बताए ।

नविकरणिय उर्जाको प्रयोग जस्ता स्वच्छ उर्जाको प्रयोग, कम हैसियत रुख विरुवा भएका ठाउँमा वृक्षारोपण गर्न नागरिकलाई सूसुचित गर्नेुपर्ने बताए । जलवायू परिवर्तनकै कारण यौनजन्य हिंसा समेतमा वृद्धि भईरहेको पछिल्लो तथ्याङ्कले देखाएको समेत डिभिजन वन अधिकृत मानन्धरले बताए ।
कार्यक्रममा जलवायू परिवर्तन सम्बन्धी समाचार, फिचर लेखनको लागि आवश्यक पर्ने जानकारी र सञ्चारकर्मीको भूमिका लगायत विषयमा सहायक वन अधिकृत टंक नारायण श्रेष्ठले सहभागीहरुलाई जानकारी गराएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: