Fri. Mar 29th, 2024

उन्नाईस वर्षदेखि फरार अभियुक्त पक्राउ

ARREST_2540291b_20141201120439
२२ साउन, इलाम – चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ । पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले घरबाटै पक्राउ गरेको हो ।

जिल्ला अदालतले तामाङलाई २०५३ सालमा पाँच वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि तामाङ फरार रहेका थिए । पक्राउ परेका तामाङलाई अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले बताउनुभयो ।

प्रहरीले सञ्चालन गरेको फरार अपराधी पक्राउ अभियानअन्तर्गत साउन महिनायता चोरी, डाँका, चन्दा र वन मुद्दामा संलग्न रहेका चारजनालाई पक्राउ गरिसकेको रानाभाटले जानकारी दिनुभयो । अदालतले दिएको फरारको नामसहितको ठेगानाका आधारमा प्रहरीले फरार अभियुक्तहरुको खोजी अभियान तीव्र बनाएको छ । रासस

About The Author

Loading...

अन्य समाचारहरु: