Sun. Oct 13th, 2024

पदमार्ग ७५ प्रतिशत सुरक्षित भएको दाबी

EVEREST_Nepal_431298126

काठमाडौं – सरकारले नेपालका पदमार्ग ७५ प्रतिशत सुरक्षित रहेको दाबी गरेको छ।

पर्यटन विभागका अनुसार पदमार्गका अधिकांश प्रमुख गन्तव्य सुरक्षित छन्। विभागले अन्तर्राष्ट्रिय मान्यताको किट मियामोतो संस्थामार्फत गराएको अध्ययनले पयमार्ग सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ।

मियामोतोले यसअघि अन्नपूर्ण पदमार्गको अध्ययन गरी पेस गरेको प्रतिवेदनअनुसार अन्नपूर्ण करिब पूर्णसुरक्षित रहेको दाबी गरेको छ। नेपालकै सबैभन्दा धेरै पर्यटक पुग्ने अन्नपूर्ण पदमार्ग र दोस्रो ठूलो गन्तव्य खुम्बु क्षेत्र सुरक्षित रहेको प्रतिवेदनले देखाएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए। खुम्बु क्षेत्रको प्रतिवदन शुक्रबार सार्वजनिक भएको छ।

पर्यटकीय प्रमुख पदमार्ग अन्नपूर्णमा वार्षिक एक लाख १५ हजार र सगरमाथा क्षेत्रमा ४० हजार पर्यटक पुग्ने गरेका छन्। यी दुई गन्तव्यले नै नेपालको पदयात्रामा जाने पर्यटकको करिब ७५ प्रतिशत क्षेत्र ओगटेको गौतमको भनाइ छ। उनका अनुसार पर्यटक पदयात्रामा जाने ३०-३५ वटा गन्तव्य भए पनि अधिकांश क्षेत्र सुरक्षित छन्।

लाङटाङ, मनास्लु, रोल्वालिङसहितका सीमित गन्तव्यमा बढी क्षति पुगेको भए पनि यो गन्तव्यमा अन्नपूर्ण र खुम्बुको तुलनामा निकै कम पर्यटक पदयात्राका लागि पुग्ने गरेका छन्। समग्रमा पदयात्रामा जाने पर्यटकको संख्या हेर्दा ७५ प्रतिशतभन्दा बढी गन्तव्य सुरक्षित रहेका छन्। बाँकी पदमार्ग मर्मत गर्दै पर्यटक पठाउन सकिने गौतमले जानकारी दिए।

उनका अनुसार लाङटाङको एउटा पर्यटकीय क्षेत्र तामाङ हेरिटेज टे«ल पनि सुरक्षित रहेकोले त्यहाँ पर्यटक पठाउन सकिने जानकारी दिए। बढी क्षति पुगेका क्षेत्र पनि आगामी सेप्टेम्बर÷अक्टोबरसम्ममा खुला गर्ने गरी मर्मत भइरहेको जानकारी गौतमले दिए।

नेपालका पदमार्ग जुन सुरक्षित छन् त्यसलाई खुला गर्दै जाने र थप गन्तव्य मर्मत गरेर एकपछि अर्को खुला भएको सकारात्मक सन्देश दिँदै जानुपर्ने नेपाल पर्यटन बोर्डका मिडिया संयोजक शरद प्रधान बताउँछन्।

साकारात्मक सन्देश दिने गरी पदमार्ग खुला गर्नुपर्ने उनको बुझाइ छ। पर्यटकीय मार्ग सुरक्षित छ छैन भन्ने विषय विज्ञले भने पनि पर्यटक जाने अवस्थामा रहेको÷नरहेको हेर्नुपर्छु, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०का महासचिव सागर पाण्डेले भने, ‘राज्यले प्रमाणित गरेर बाहिर ल्याएको तथ्यलाई पनि मान्नुपर्छ।

तर, १२र१५ दिनको पदमार्ग एकसाता भित्रमा अध्ययन सकियो भन्दैमा सुरक्षित भयो भनेर विश्वास गर्नेभन्दा पनि पर्यटक जान योग्य छ कि छैन भन्ने हुनुपर्छ।
सगरमाथा आधार शिविरका पर्यटकीय क्षेत्रमा पदायात्रा गर्न खुम्बु क्षेत्र सुरक्षित रहेको खुम्बु शेर्पा संस्कृति संरक्षण समाजले बताएको छ।

समाजका अध्यक्ष तेन्जीङ तासी शेर्पाले खुम्बुका ९८ प्रतिशत पदमार्ग सुरक्षित रहेको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए। अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: