Fri. Jul 19th, 2024

अस्थायी टहरा निर्माण गर्न बन फडाँनी गर्ने क्रम तिव

ban
धादिङ – पछिल्लो समय धादिङमा सामुदायिक बन फडाँनी गर्ने क्रम तिव्र रुपमा बढेको पाइएको छ ।

भूकम्पपछि अस्थायी टहरा निर्माण गर्न र आगो बाल्नका लागि बन फडाँनी गरेका हुन् । भुकम्प पीडितहरुले अस्थाई टहरा निमार्ण गर्ने बहानामा सामुदायिक बनहरु फडाँनी गर्ने क्रम बढेको जिल्ला बन कार्यलय धादिङले जनाएको छ । दक्षिणी धादिङ लगायत राजमार्ग क्षेत्र वरपरका सामुदायिक बनबाट तिव्र रुपमा काठ चोरी निकासी भईरहेको पनि कार्यलयले जानकरी दिएको छ ।

अस्थाई टहरा निमार्ण गर्ने बहानामा ठुला र राम्रा काठ काट्ने र नजिकैको समेलमा लगेर बेच्ने गरेको उपभोक्ताहरुले आरोप छ । विपत्तिको समयमा बनमा फियाहरुको चलखेल बढी रहेपनि सम्बन्धित निकाय भने मौन रहेको छ । भुकम्प पिडितहरुले अस्थाई टहरो बनाउने बहानामा सालको काठ काट्ने गरेको जिल्ला बन अधिकृत राजेन्द्र मान सिंह भण्डारीले बताए ।

जिल्लाको कुल क्षेत्रफलको ६७ हजार क्षेत्रफल बन क्षेत्रभित्र पर्ने जिल्ला बन कार्यलय धादिङले जनाएको छ । भुकम्प पिडितहरु जहाँ बसेपनी सरकारले जग्गा दिन्छ भन्ने भ्रमले गर्दा बन क्षेत्रलाई चाप परेको बन कार्यलयको भनाई छ । समुदायको प्रत्यक्षरुपमा संरक्षण र रेखदेख गरियोस भन्ने हेतुले बन विकासका लागि सामुदायिक बन हस्तान्तरण गरिएपनि सामुदायिक बन संरक्षण नभई उपभोक्ताहरुको मिलेमतोमा समुदायको वेवास्ताले अहिले बन फडाँनी गर्ने क्रम बढेको हो । जिल्लामा हाल ४ सय ९८ ओटा सामुदायिक बन, २ सय ४३ ओटा कबुलियती बन र १४ ओटा निजि बन रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: