Sun. Jul 21st, 2024

मात्रै तिमी मेरो मन बासमा (गजल)

अनगिन्ती तारा आकाशमा 
मात्रै तिमी मेरो मन बासमा ।

खोजी हेर्दा संसार सबैतिर 
तिमी नै भेंटें यो दिल पासमा ।

अप्सराको वर्णन गर्नु बेकार 
तिमी पो सुन्दर छौ खासमा ।

रूप भन्दा अझ मनकी धनी 
हराउँदैछु म त्यो प्रेम रासमा ।

छट्पटीमै बिहानी मुस्कुराउँछ 
धड्किन्छ्यौ तिमी हर श्वासमा ।

अनगिन्ती तारा आकाशमा 
मात्रै तिमी मेरो मन बासमा ।
(गजलकार: जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी हुन् ।)

About The Author

Loading...

अन्य समाचारहरु: