जगन्नाथ पन्त
शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ सुविधा र जनचेतना जस्ता सामाजिक विकासका आधारभूत सुचाकांक पछाडि परे भने मानवीय गरिबीले गिज्याई रहने छ।
बीस वर्ष उमेर पुरा नभइ गरेको विबाहलाई नेपालको प्रचलित कानुनले दण्डनीय मानेको छ। यस्तो विबाह वदर हुन्छ । उमेर नपुगी विबाह गर्ने गराउनेलाई कैद र जरिवाना हुन्छ । यस्तो विवाह दर्ता हुँदैन ।
हाम्रो समाजमा बीस वर्ष नपुगी हुने विबाहको तथ्याङ्क डरलाग्दो छ । उमेर नपुगी विबाह गरेका गर्भवती किशोरीको तथ्याङ्कले मानवीय विकासलाई चुनौति दिइरहेको छ ।
सबै जिल्ला, स्थानीय तह दण्डनीय विबाहका घटनाबाट मुक्त छैनन् । गर्भवती महिलाले प्रसुति पुर्व स्वास्थ्य संस्थामा जाँच गर्ने अभिलेख हेर्दा अवस्था भयावह छ ।
तथ्याङ्कः
शिक्षित जिल्लामा गनिने र लोक सेवा आयोगको हरेक जसो विज्ञापनमा उतिर्ण प्रतिशत उच्च हुने जिल्लाहरु ..
GAPS अर्थात गुल्मी, अर्घाखांची, पाल्पा र स्याङ्जा को तथ्याङ्क पनि लज्जास्पद छ।
आ .व. ७९- ८० मा स्वास्थ्य संस्थामा पुर्व प्रसुति जांच (ANC visit at any time) गराउनेको विवरण खोजतलास गर्दा ,
गुल्मीमा ४४०० मध्ये २० वर्ष मुनिका ५४६, अर्घाखांचीमा २४३९ मध्ये २० वर्ष मुनिका ३३२, पाल्पामा ५९५५ मध्ये २० वर्ष मुनिका ६७७, स्याङ्जामा ४१४२ मध्ये २० वर्ष मुनिका ५०२ रहेको अपरिमार्जित तथ्याङ छ।
२० वर्ष मुनिकामा पनि १६ देखि १८ वर्ष भित्रका २५ प्रतिशत र १६ वर्ष नपुगेका पनि ३० जना पाईएका छन्, केहिले गर्भपतन गराएका र केहिको आफै पतन भएको पनि पाईन्छ। विबाह नगरेका तर कम उमेरमा गर्भवती भएर गर्भपतन गराउने सेवा लिने पनि तथ्याङ्कमा भेटिन्छन् ।
अवस्थ र जिम्मेवारी:
बाल मैत्री स्थानीय शासन (Child Friendly Local Governance) घोषणा गरेका भनियका पालिकामा पनि अवस्था उस्तै छ।
प्रथमत जान्नु, बुझ्नु पर्ने किशोर किशोरी र अभिभावकले नै हो । समाजले ने हो । स्थानीय तहका जनप्रतिनीधि, स्थानीय राजनीतिकर्मी, सार्वजनिक सेवाका कर्मचारी, सामाजिक अभियान्ता सबैको हो अवस्था सपार्ने दायित्व । नत्र त अरु यो, यो, विकास गर्यौ भन्नुको सार्थकता नहोला ।
यस्ता विवाह बिरूद्द जनचेतना जगाउने, कानुन पालना गराउनेहरुनै जन्ति जाने, भोजमा सरिक हुने, वर बधुलाई शुभकामना दिने प्रबृत्तिले बालविबाह हतोत्साहित नभएको हो ।
भोट गुम्ने डरले स्थानीय जनप्रतिनीधि, नाता सम्बन्ध बिग्रेला कि भन्ने डरले आफन्त निम्तो टार्न सक्दैनन् ।
असर र प्रभाव:
यस्ता कम उमेरमा गर्भवति नभयका तर कम उमेरमा विबाह गर्ने जोडि थप अरु छन् । बालविबाह दर्ता छैन, गर्न पनि मिलेन । २० पुगौला र विबाह दर्ता गरौला भनेर पर्खेका छन् । जन्मेको बच्चाको जन्म दर्ता गर्न आफ्नै विबाह दर्ता नभइ वडामा जाँदा वालबिवहमा परिने पिरलोले २० वर्ष पुरा भएपछि जाँदा बच्चाको नैसर्गिक अधिकार के होला ।
केटा विदेश जाला, पढ्न शहर जाला, पछि अर्को विहे गर्ला, केटि पोइला जाला, सम्बन्ध बिच्छेद होला, केटिको स्वास्थ्य विग्रेला, बच्चाले उचित पोषण र स्याहार सुसार नपाउला अनि उसको विकास कस्तो होला ।
अबको बाटो :
हाम्रो कानुनले १८ वर्ष उमेर पुगेका महिलाको संहमतिमा यौन सम्पर्क गर्न सक्ने प्रावधान गरेको छ । भारतमा पनि यहि छ । चिन र जर्मनीमा १४ वर्ष छ । जापानमा १६ वर्ष छ । अन्य केहि मुलुकमा १३ वर्ष मै पनि छ ।
यौन सम्पर्क र विबाहको सिधा सम्बन्ध छ । यौन सम्पर्क गर्न पाईने उमेरमा विबाह पनि गर्न पाउने गरि कानुन संशोधन गर्ने कि । कतिलाई दण्डित गर्ने र । समाज नै त्यस्तै छ भने संभव हदसम्म त लचिलो पनि हुनु पर्ला नि । प्रेममा परेर विवाह गेर्ने वा सहमतिमा साथमा रहने धेरै केटामान्छे जवरजस्ति करणीमा जेल जाने भए, गएका पनि छन् । छोरो भएर जन्मनु धिक्कार नहोस् । कानुन र समाज दुबै सुधार गरौं।
हामी सबै उठौं, जागौं ।