Mon. Dec 4th, 2023

धादिङ अस्पतालमा भदौ एक देखि बेड शुल्क नलाग्ने

धादिङ– धादिङ अस्पतालले भदौ एक गतेदेखि बिरामीहरुलाई निशुल्क बेड उपलब्ध गराउन थालेको छ । आइसियु, एनआईसियु र क्याविन बाहेक जनरल वार्डमा रहेका बेडहरु बिरामीहरुलाई निशुल्क उपलब्ध गराएको हो ।

प्रादेशिक अस्पतालहरुको बेड शुल्क निशुल्क गराउने बागमती प्रदेश सरकारको निर्णय अनुसार बेड निशुल्क गराइएको अस्पतालका सूचना अधिकारी राम रिजालले बताए । दैनिक एक सय रुपैंया शुल्क लिँदै आएकोमा अबदेखि निशुल्क गराइएको उनले जानकारी दिए ।

५० बेड स्वीकृति रहेको धादिङ अस्पतालले हाल ९० वटा बेड संचालन गरिरहेको छ । सुचना अधिकारी रिजालका अनुसार अहिले जनरल वार्डमा भएका ७९ वटा बेड निःशुल्क गरिएको छ । दुईचार दिन अघिदेखि भर्ना भएका विरामीहरुलाई शुल्क लिएता पनि शुक्रबारदेखि भर्ना भएका बिरामीहरुलाई बेड निशुल्क गरिएको रिजालको भनाई छ ।

अब प्रदेश अन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा ८ सय ११ शैया निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: