Mon. Jun 24th, 2024

प्रतिनिधिसभाको बैठक बुधबारसम्म स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघि देखि संसद् अवरुद्ध पार्दे आएकोमा मंगलबार उच्चस्तरीय छानबिन आयोग गठनमा सहमति गरी संसद् सञ्चालन गर्ने तयारी थियो ।

तर छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा मंगलबार हस्ताक्षर नभएपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ ९३० बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मकालागि बैठक स्थगित गरेको जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: