Mon. Jun 24th, 2024

बाक्लिन थाल्यो गोसाईँकुण्डमा तीर्थालुको भीड

रसुवा- जनैपूर्णिमाको अवसरमा गोसाईँकुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्रीको भिड बढ्न थालेको छ । 

त्यस्तै आइतवार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवम् पूजाआजाका लागि करिब दुई हजार भक्तजन शनिबार धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् ।निलाद्री पर्वतमा विराजमान रहनुभएका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन शुरु भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा थर्कुको व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खानाको दरभाउसमेत निर्धारण गरिसकिएको उनले जानकारी दिए ।

‘यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको व्यवस्थापन गरेका छौँ,’ डिएमले भने, ‘अन्य आवश्यक सहयोगका लागि स्वयं सेवक परिचालन गरिएको छ ।’ यात्रुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक सेवा उपलब्ध गराउने गरी तयारी पूरा भएको जानकारी दिए।

विशेष गरी तीर्थ यात्रुलाई लेक लाग्ने समस्या बढी देखिने भएकाले नेपाली सेना चोलाङपाटी र हिमालय उद्धार सङ्घको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको समितिका अध्यक्ष डिएमले बताए ।

गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गा दशरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: