काठमाडौं – एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।
लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।
सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।
नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ । सन्दीपले भने, ‘त्यो खेलमा हार जित भन्दा पनि हामीले उनीहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ । हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं ।,