काठमाडौं – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित जनप्रतिनिधिसँग ओली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् । उनले कुनै पार्टीसँग गठबन्धन नगरी एमाले एक्लै निर्वाचन लड्ने बहुमत ल्याउने बताए । मिसन ८४ जित्नकै लागि एमालेले बनाएको पनि उनले बताए ।
उनले भने, ‘सबै विरोधले सुनिराखुन् नेकपा एमालेले २०८४ मा एकल बहुमत ल्याउँछ । सबैले सुनुन् हामीले अरुलाई झुक्याएर होइन, अल्मलाएर होइन अथवा योसँग मिल्ने कि त्योसँग मिल्ने, कोसँग मित लगाउने, कसलाई के दिन्छु भन्ने कसलाई के दिन्छु भनेर लोभ देखाउने कता के पापा बाँड्ने, लोप र पाप बाँडेर होइन । देशको उज्ज्वल भविष्यको त्यसको आधारमा हामी एकल बहुमत ल्याउँछौँ ।’
अध्यक्ष ओली भन्छन् मिसन–८४ सबैको साझा अभियान भएकाले सबै एकजुट भएर लाग्नु पर्छ ।