Sat. Oct 12th, 2024

ओली भन्छन् : वाइडबडी र गिरीबन्धु छानबिनले सत्ता गठबन्धनकै नेताहरूको भागाभाग

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र गिरीबन्धु टि स्टेट प्रकरणको छानबिन गरे सत्ता पक्षकै नेताहरू जेल जाने बताएका छन् ।
सोमबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन ओलीले सो कुरा बताएका हुन् । एमालेको बदनाम गर्नमात्र वाइडबडी र गिरीबन्धु टि स्टेटको कुरा उचालिरहेको उनको दाबी छ ।

उनले बालुवाटारस्थित ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरूको भागाभाग भएको पनि बताए । वाइडबडीमा पनि आफैं जेल जाने भएकाले छानबिन नगरको ओलीको दाबी छ ।

उनले भने, ‘यति होल्डिङको छानबिन गर न त भन्यौ गर्दैनन् । वाइडबडीको छानबिन गर आफैं जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले कस्तो भागभाग छ । एउटा यता ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ । यिनीहरूका छानबिन नदेखिएको हो र रु यी भ्रष्टहरू उल्टै एमालेलाई धम्की दिँदैछन् ।

About The Author

अन्य समाचारहरु: