धादिङ – धादिङ जिल्ला नीलकण्ठ नगरपालिका ८ बस्ने १६ वर्षीय हेमन्त कुमारी थापा ब्लड क्यान्सरबाट पीडित छिन् ।
७ महिना अघि घाँटीमा स–साना गाठागुठी आएपछि ब्लड क्यान्सर भएको पत्ता लागिएको हो । उनी अहिले काठमाडौँमा रहेको शिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेको छ ।
थापाको उपचारका लागि अहिलेसम्म १० लाख खर्च भइसकेको छ तर पनि निको हुन सकेको छैन । उपचारका लागि भारतमा लैजान डाक्टरहरुले सुझाव दिएतापनि आर्थिक अवस्था कमजोर भएका कारण लैजान नसकेको उनका बुबा टेक बहादुर मगरले बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर छ छोरीको उपचारमा निकै कठिन भएको छ कसैले सहयोग गरिदिए, ठूलो गुण हुनेथियो हेमन्तका बुबा सहयोगका लागि अपिल गर्छन् ।
विरामी बालिकाको सहयोगका लागि नेपाल वाणिज्य विकास बचत तथा ऋण सहकारी संस्था लि नीलकण्ठ ३ धादिङको खाता नम्बर ५११३ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।