Fri. Jul 19th, 2024

अनियमितता पछि डिजेल भर्ने ५ वटा मेसिनमा सिलबन्दी

petrol satiion
धादिङ – उपभोक्तालाई कम तेल बेचेर ठगी गरेको भेटिएपछि गुणस्तर तथा नाप तौल विभागको टोलीले पृथ्वी राजमार्गमा संचालित पाँच वटा पेट्रोल पम्पहरुको डिजेल भर्ने मेसिनमा सिल गरिदिएको छ ।

धादिङको मलेखुस्थित अम्बे आयल, बेनिघाटको विशालटार स्थित सदाज्योती आयल स्टोर र जोगीमाराको त्रिशुल धारीलगायत राजमार्गका पाँच वटै पेट्रोल पम्पका डिजेल बिक्रि गर्ने पुराना पम्पहरुमा सिल लगाई दिएका हुन् ।
राजमार्गमा संचालित पम्पहरुमा मिसावट धेरै हुने, तेल दिदाँ पुरा तौल नदिने गुनासो बढ्न थालेपछि विभागको टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमन गर्दा कुनै पेट्रोल पम्ममा तेल भर्ने मेसिनले कम तेल झारेका पम्पको मेसिनहरुमा सिल गरिदिएको हो ।

मोसिनले तेल भर्दा धेरै जसोमा प्रति लिटरमा एक सय एम एलसम्म कम तेल झर्ने पाईएको थियो भने केहीमा भने प्रति दश लिटरमा ८० एम एल धेरै तेल झरेको पाईएको र कुनै पनि पम्पका मेसिनहरुले एउटै तौल नगरेको कारणले सिल लगाई दिएको जनाईएको छ । सिल जिल्ला प्रशासन कार्यालय धादिङको रोहवरमा लगाईएको हो ।

त्यस्ता पम्पहरुले तत्काल मेसिन परिवर्तन गरी डिजिटल प्रविधिको राख्नु पर्ने या सो मेसिनलाई तत्काल मर्मत गर्नु पर्ने भन्दै त्यस्ता मेसिनबाट तेल बिक्रि नगर्न समेत विभागका टोलीले सचेत गराएका छन् ।

हाल मापन गर्दा भने प्रति दश लिटरमा गरिएको थियो दश लिटर डिजेल भर्दा असी एमएल धेरै आएको थियो भने कुनै पम्पमा भने एक लिटरमा एक सय एमएलसम्म कम तेल झरेको थियो । पृथ्वी राजमार्गमा मात्र १५ वटाको हाराहारीमा पेट्रोल पंपहरु रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: