Fri. Jul 19th, 2024

नेपालले माल्दिभ्सलाई ५–० ले हरायो

NepalBeats_maldives2_753825034

काठमाडौं – तेस्रो यू-१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार माल्दिभ्सलाई ५(० गोलले हराएको छ । बंगलादेशको सिलेटमा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराउदै सुखद सुरुवात गरेको हो ।

खेलको सुरुदेखि नै आकर्षक प्रदर्शन गरेको नेपालले माल्दिभ्सलाई पूरै समय दबाबमा राखेको थियो। नेपालको सजिलो जितमा प्रेजन तामाङ र सुमन अर्यालले दुईदुई गोल गरे। एक गोल भने लक्ष्मण परियारले गरेका थिए।लक्ष्मणले खेलको तेस्रो मिनेटमै खाता खोलेका थिए।

दोस्रो गोल प्रेजन तामाङले १८ औं मिनेटमा गरे। प्रेजनले ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए। सुमनले २१ औं मिनेटमा तेस्रो गोल गरेका थिए।

नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले खेलाडीले सोचे अनुरूप नै प्रदर्शन गरेको बताए। ुखेलको सुरुमै गोल गरेकाले जित्न सहज भयो। हाम्रो लक्ष्य समूह विजेता बन्दै उपाधि जित्ने हो’, सिंहले भने । माल्दिभ्सका प्रशिक्षक अहमद साहिदले नेपाल उत्कृष्ट टोली भएको बताए।

About The Author

Loading...

अन्य समाचारहरु: