Mon. Feb 10th, 2025

नीलकण्ठमा पहिरो पूर्वसूचना प्रणली सञ्चालन कार्यविधि तयार

धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले पहिरो पूर्वसूचना प्रणली सञ्चालन कार्यविधि तयार गरेको छ ।

यसएसएआइडिको तयार नेपालले नगरपालिकाको २ स्थानमा पहिरो सूचना प्रणाली जडान गरेको हो । नगरपालिकाको वडा नम्बर १ को हिलेखर्क र वडा नम्बर ४ को पौवा घरमा जडान गरिएको पूर्वसूचना प्रणालीलाई कार्यान्वयनमा ल्याउन कार्यविधि तयार पारेको नगर उपप्रमुख दिपक विश्वकर्माले बताए । सूचना प्रणालीलाई कार्यान्वयन गर्न १२ सदस्यीय सूचना प्रणाली कार्यदल बनाउने र यसैले घटनाको अध्ययन, विश्लेषण गरी नागरिकमा पहिरो पूर्व नै जानकारी दिने उद्देश्यले कार्यविधि तयार पारिएको उपप्रमुख विश्वकर्माले जानकारी दिए ।

कार्यविधिलाई कार्यान्वयनमा ल्याउँदा विशेषगरी मनसुनजन्य पहिरोबारे पूर्वसूचना संकलन, नागरिकमा सूचना प्रवाह र सरोकारवालासंग समन्वय गर्न  र प्रणालीको क्षमता विकास गर्न सहज हुने तयार नेपालका सुधा रिमालले बताइन् । नेपालमै पहिलो पटक नीलकण्ठ नगरपालिकामा पहिरो पूर्वसूचना प्रणाली जडान गरेको पनि रिमालले बताइन् ।

कार्यविधिको मंगलबार एक कार्यक्रमबीच परामर्श छलफल भएको छ । तयार नेपाल अन्तर्गत पूर्वसूचना प्रणाली जडानमा सहयोग गर्दै आएको संस्था फिडले कायविधिमा भएको व्यवस्थाका बारेमा सरोकारवालासंग परामर्श छलफल गरेको हो । छलफलका क्रममा फिडको अध्ययन टोलीका सदस्य गोविन्द आचार्यले पूर्वसूचना प्रणाली जडान गरी नगरपालिकामा ड्यासबोर्ड समेत स्थापना भैसकेकोले प्रणाली सञ्चालन कार्यविधि तयारपछि सूचना संकलनमा सहज हुने र पूर्व तयारीमा रहन सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।  

पहिरो सूचना पूर्वसूचना प्रणाली सञ्चालन कार्यविधि छलफलमा आएका सुझावहरु समावेस गरी नगरसभाले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने नगरपालिकाका विपद शाखा प्रमुख विनोद अर्यालले जानकारी दिए ।  

About The Author