
धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–३ पुछारबजारको किराना पसलमा गयराती चोरी भएको छ ।
बसपार्कचोकबाट पशुपति मन्दिरतर्फ जाने थोपल पुल नजिकैको लम्साल किराना पसलमा चोरी भएको हो । केही नगद, रिचार्ड कार्ड, चुरोट लगायतको सामाग्री चोरी भएको पसल संचालक बाबुराम लम्सालले बताए।
च्यानल गेटमा लगाएको ताला फुटाएर भित्र छिरेका चोरले पसलको भित्री ढोकाको चुक्कुल खोलेर सामान लगेको उनको भनाई छ । पसलमा रहेका अन्य खाद्यान्न सामाग्रीहरु के कति लगे भन्ने यकिन भएको छैन ।
चोरले ताला फोडेर पसल भित्र छिरेको र चोरी गरेपछि सबै ढोकाहरु बन्द गरिदिएको अवस्थामा बिहान पसल खोल्ने बेला मात्रै चोरी भएको थाहा भएको लम्सालले बताएका छन् । चाडपर्व नजिकिदै गर्दा हरेक वर्ष चोरीका घटना हुने गरेको छ ।
About The Author
Loading...