Wed. Jul 24th, 2024

प्रधानमन्त्रीले न्युयोर्क र चीन भ्रमणबारे दलहरूसँग छलफल

काठमाण्डौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क र चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग छलफल गरेका छन् ।

बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले छलफल गरेको हो ।।

प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे आज बेलुका परराष्ट्र विज्ञहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: