Wed. Dec 4th, 2024

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा रिहा गर्न आदेश

काठमाडौं – काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सात दिन लामो थुनछेक बहसपछि यस्तो आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

अभियुक्त केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ ।

About The Author

अन्य समाचारहरु: