Mon. Jun 24th, 2024

पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

काठमाण्डौ – एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । भारतले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले ुसुपर फोरु को पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरु को पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ुरिजर्भ डेु राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।

हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: