Sat. Jun 15th, 2024

धादिङको गलौदी खेल मैदानमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु

धादिङ – धादिङमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको आज औपचारिक उद्घाटन गरिएको हो ।
गजुरी गाउँपालिकाको गलौंदी खेल मैदानमा प्रतियोगिताको गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगितामा जिल्लाका १२ वटा क्लवको सहभागिता रहेको छ ।

अघिल्लो वर्ष भएको लिग खेलबाट बाहिरिएको सिद्दमलेकको अरुणोदय युवा क्लव र ११ वटा नयाँ क्लव सहभागी छ । विगतमा लिग खेलिसकेका, राष्ट्रिय स्तरका डिभिजनहरुमा खेलेका खेलाडीहरुले नकआउटमा भाग लिएका छैनन् । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको खेल भएकोले लिग र डिभिजनहरुमा खेलेका खेलाडीहरुलाई सहभागी नगराईएको धादिङ जिल्ला फुटबल संघका अध्यक्ष रमेश अधिकारीले जानकारी दिए ।


यो नकआउट प्रतियोगितामा जित्ने क्लवले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छन् । यसअघि नै जिल्ला लिगका लागि १० टिम छनोट भैसकेका छन् भने नकआउट चरणको खेल जितेको क्लवले पनि लिग खेल्न पाउनेछ ।
नकआउट प्रतियोगिता हुनु अघि जिल्ला फुटबल संघ धादिङका कार्यसमिति र गजुरी गाउँपालिकाका जनप्रतिनीधि÷कर्मचारी बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको थियो । मैत्रीपूर्ण खेल फुटबल संघले जितेको छ ।


आजबाट सुरु भएको नकआउट फुटबल प्रतियोगितामा हाइवे स्पोर्ट्स क्लव, बेनीघाट रोराङ, धादिङ जेसिस धुनीबेसी, संवाहक युवा क्लव धुनीबेसी, वच्छलादेवि युवा क्लव धुनीबेसी, देवाली छाप युवा क्लव थाक्रे, अरुणोदय युवा क्लव सिद्धलेक, पिपलटार युवा क्लव सिद्धलेक, लालिगुँरास युवा क्लव सिद्धलेक, धादिङ फुटबल क्लव धादिङ नीलकण्ठ,मुनाल एकेडेमी गजुरी, आहुती युवा क्लव थाक्रे र शुभारम्भ युवा क्लव ज्वालामुखीको सहभागिता रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: