Sun. Apr 28th, 2024

नेपाल शिक्षक संघ निकट शिक्षकहरुले जलाए शिक्षा विधेयक

धादिङ– शिक्षा विधेयक २०८० शिक्षकहरुको हकहित विपरित भएको भन्दै शिक्षकहरु विधेयक जलाएका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ नेपाल शिक्षक संघ धादिङ निकट शिक्षकहरुले जलाएका हुन् ।

२०२८ सालमा आएको शिक्षा ऐन भन्दा पनि नितान्त प्रतिगामी भएको भन्दै प्रस्तावित शिक्षा विधेयक फिर्ता गर्न माग गरेका हुन् । सरकार, सांसद, विभिन्न दलहरुसँग पटक पटक छलफल कुराकानी भएपनि आश्वासन मात्रै दिएको नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवी प्रसाद छत्कुलीले बताए । ‘सरकारसँग ५१ र ३० वुँदे सम्झौता गरेका थियौं । तर सम्झौता गरिएका ति मागहरु ऐनमा आएनन्, पुरानै ऐन यताउता गरेर ल्याइएको छ । जुन शिक्षकको हकहित विपरित छ,’ उनले भने ।

शिक्षकले पाउनुपर्ने सेवा सुविधा वञ्चित गरेको उनको भनाई छ । सार्वजनिक शिक्षालाई महंगो बनाएको छ । शिक्षक हुन व्याजलर अध्ययन गरेको हुनुपर्ने तर पुरानै सेवा सुविधा छ । शिक्षकको अधिकार, ट्रेड यूनियनका अधिकारहरु वञ्चित छन् । यस्ता थुप्रैै वुँदाहरु हेरफेर हुनु पर्छ । यस्तो विधेयक हामी मान्दैनौं । अहिले आएको विधेयक शिक्षकको हकहित भन्दा विपरित छ’, उनले भने ।
‘यो सांगेतिक आन्दोलन हो । माग पुरा नभए विद्यालय बन्द गरेर शिक्षकहरु सडकमा आउँछन् । सरकारले हाम्रो माग पुरा गर्नुपर्छ । अन्यथा विद्यालय बन्द गरेर हामी सडकमा आउन बाध्य हुनेछौं । यसको जिम्मेवारी सरकारले लिनुपर्छ,’ अध्यक्ष छत्कुलीले भने ।

About The Author

Loading...

अन्य समाचारहरु: